Logo

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २० जेठ । नेप्सेमा आज करिब १७ अर्बको कारोबार भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब २ करोड बढीको कारोबार भएको छ ।

नेप्सेको अनुसार आज मन्जुश्री फाइनान्स लिमिटेडको सर्किट लागेको छ । कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । कम्पनीको ७५ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेर ८२५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, आज महिला लघुवित्तको १० प्रतिशतले शेयरमुल्य बढेको छ । कम्पनीको प्रतिकित्ता ४३२ रुपैयाँले शेयरमुल्य बढेर ४७ सय ५२ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, गुरास फाइनान्स लिमिटेडको ९.६९ प्रतिशतले शेयरमुल्य बढेको छ । प्रतिकित्ता ९० रुपैयाँको दरले शेयरमुल्य बढेको हो ।



प्रतिक्रिया दिनुहोस्