Logo

साताको अन्तिम कारोबारको दिन यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक



काठमाडौं, २० जेठ । आज २१८ कम्पनीको १ लाख ५५ हजार ६५५ पटक शेयर कारोबार भएर १६ अर्ब ९० करोड ७ लाख २० हजार २८६ रुपैयाँ बराबरको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर खरिद विक्रि भएको छ ।

शेयर बजारमा १६ अर्ब बढीको कारोबार हुँदा केही कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सबैभन्दा धेरै गुमाउने आज पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको ५.९२ प्रतिशतले शेयरमुल्य घटेको हो । प्रतिकित्ता १८ रुपैयाँको दरले शेयरमुल्य घटेर २८६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, राधी विद्युतको ५.१४ प्रतिशतले शेयरमुल्य घट्दा ११ सय ४४ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । बरुण विद्युतको ४.८८ प्रतिशत अर्थात २२ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य घटेर ४२९ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी, आज घलेम्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनीको ४ प्रतिशत भन्दा बढीले शेयरमुल्य घटेको छ ।



प्रतिक्रिया दिनुहोस्