Logo

मदिरा व्यवसायी महासंघद्धारा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं, २१ जेठ । नेपाल मदिरा ब्यावसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय मार्फत उक्त सामग्री प्रदान गरेको हो । नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहिबार १० हजार माक्स र एक हजार सेनिटाईजर हस्तान्तरण गरेका हुन् ।

मदिरा महासंघका अध्यक्षले विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकारहरु स्वास्थ्य सामग्रीहरुको अभावमा जोखिम वढ्न सक्ने भएकाले उक्त सहयोग गरिएको बताए । हामीले विभिन्न संकटहरुमा मानवीय सेवा र सहयोग गदै आएको बताउदै शर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसंग सहकार्य गर्ने पनि बताए ।

स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले मदिरा ब्यवसायी महासंघलाई आभार तथा धन्यवाद दिएको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेलले मदिरा ब्यवसायी महासंघले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुका प्रदान गरिने बताएका छन् ।

उक्त स्वाथ्य सामाग्रीहरु बोकेर मदिरा महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा सहित रुपक अर्याल ,सदस्य राजन केसी पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगल काठमाडौ पुगेका थिए । उक्त कार्यक्रमा पत्रकार महासंघका केद्रिय अध्यक्ष पोखरेल ,बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट ,उपाध्यक्ष बाला अधिकारी,कोषाध्यक्ष कलेन्द्र सिलवाल लगाएतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्