Logo

‘नेपालमा फैलिएका कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र हुन्’



काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म फैलिएको कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र रहेको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । नेपालमा यी बाहेक अन्य कुनै नयाँ भेरियन्ट नरहेको पनि मन्त्रालयले स्पस्ट पारको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नभित्र परेका र विभिन्न देशहरुमा फैलिएको कोभिड –१९ को नयाँ भेरियन्टलाई ‘अल्फा, डेल्टा, गामा, कप्पा छुट्टाछुट्टै नाम दिएको छ ।’

यही सुचनामार्फत मन्त्रालयले पछिल्लो समयमा नेपालमा फैलिएको कोभिड–१९ भेरियन्ट अल्फा र डेल्टा मात्रै भएको पुष्टि गरेको हो । एक विदेशी अखबारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको समाचार प्रकाशित गरेपछि मन्त्रालयले सो विषयमा स्पष्ट पारेको हो ।



प्रतिक्रिया दिनुहोस्