Logo

टोकियो ओलम्पिक ५० दिनपछि हुने निश्चित



एजेन्सी, २० जेठ । कोरोना भाइरसको महामारीका कारण टोकिया ओलम्पिक यो वर्ष पनि हुनेमा आशंका गरिएको छ । तर, ओलम्पिक आयोजक कमिटीले अबको ५० दिनपछि अर्थात् २३ जुलाईमा सुरु हुनेमा ढुक्क हु भनेको छ ।

टोकियो २०२० ओलम्पिककी प्रमुख सिको हासिमोटोले सतप्रतिशत ओलम्पिक हुनेमा निश्चिन्त हुन भनेकी छिन् । गतवर्ष हुनुपर्ने ओलम्पिक यो वर्षका लागि सारिएको थियो ।

कोरोना भाइरसको चौंथो लहरको खतरा उठिरहँदा टोकियोमा अबको ५० दिनपछि हुनेमा ढुक्क हुने गरी प्रतिक्रिया आएको हो ।



प्रतिक्रिया दिनुहोस्