Logo

बजेटमा ढुंगा गिटी निकासी कार्यक्रम सच्याउन मुख्यमन्त्री राउतको चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं, २० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ढुंगा गिटी निकासी तत्काल रोक्न गरी बजेटबाट नसच्याए कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले आज विज्ञप्तिमार्फत् सरकारको बजेट वक्तव्यलाई सच्याउन आग्रह गर्दै तत्काल नसच्याए प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारबाट कडा निर्णय लिने चेतावनी दिएका हुन् ।

‘प्रदेश २ लाई मरभूमिकरण हुनबाट जोगाउने कार्य प्रति प्रदेश सरकार सजग छ,’ मुख्यमन्त्री राउतले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुका साथै यस्तो कार्य तत्काल नरोकिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’
उनले चुरे पहाड प्रदेश २ को रक्षा कवजको रुपमा रहेको समेत उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्