Logo

पूर्वरानी कोमललाई अझै अक्सिजन



काठमाडौं, २० जेठ । कोरोना भाइरसको संक्रमणमुक्त भएपछि पूर्वरानी कोमल शाहलाई अझै अक्सिजनको भर पर्नुपरेको छ । शरीरमा अझै अक्सिजनको कमी हुने गरेकाले उनलाई अक्सिजनको सहारा चाहिएको हो ।

कोरोना संक्रमण भई पूर्वरानी शाह दुई हप्ता अस्पताल बसेकी थिइन् । उनलाई आइसियूमा समेत राखिएको थियो । निमोनियाले गाँजेपछि उनलाई नर्भिक अस्पतालका स्वास्थ्यकर्मीले निकै मिहेनत गरी बचाएका थिए ।

आज स्वास्थ्य अवस्था राम्रो भएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दृश्य वक्तव्य पढ्दा साथ रहेकी पूर्वरानी कोमलको घाँटीमुनी अक्सिजनको पाइप झुण्डिएको देखिन्थ्यो । उनले मुखमा भने मास्क लगाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्