Logo

पत्रकार धमलाद्धारा गृहजिल्ला धादिङको लागि स्वास्थ्य-सुरक्षा सामाग्री प्रदान, गरे यस्तो प्रतिबद्धता



काठमाडौं, २० जेठ । धादिङको निलकण्ठ नगरपालिकाको ज्यामरुङमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

जिल्ला अस्पतालको लागि ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । त्यस्तै, नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५ हजार थान सर्जिकल माक्स, १ सय ५० पिस ग्ल्ब्स, फेसियल २० वटा र केएन नाइन्टीन फाइभ माक्स १० वटा, रियूजेवल ग्राउन १० र एन्टीजेन किट २ सय सहयोग गरिएको हो ।

कोरोना संक्रमित बढ्दै गएपछि उपचारमा सहज होस भनी सहयोग गरिएको धमलाले जानकारी दिए । कुनै पनि नागरिकलाई कोरोना संक्रमणका कारण मर्न नपरोस भनेर आफूले सहयोगको अभियान संचालन गरेको उनले बताए । धमलाले जिल्लाको सहयोगको लागि आफू सदैव तयार रहेको प्रतिबद्धता जनाए ।

उनले भने-“देशको एक पत्रकारको नाताले मैले सबै जिल्लाको बारेमा उत्तिकै आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । तर, म जन्मिएको जिल्ला भएको कारणले पनि धादिङको लागि मेरो विशेष दायित्व र जिम्मेवारी हुन्छ । म जिल्लावासीको सहयोगको लागि जस्तोसुकै सहयोग गर्नपनि पछि हट्दिन् । अहिले विश्व नै कोभिडको महामारीसँग जुधिरहेको छ । यसबाट नेपालपनि अछुतो भएन । हामी मानवले पक्कैपनि यो महामारीलाई परास्त गर्नेछौं । सबैले जनस्वास्थ्य मापदण्ड पालना गरौं । सबैले सहकार्य गरौं । सामूहिक रुपमा लड्दा नै हामीले महामारीलाई जित्नेछौं ।”

धमलाले धादिङका जनतालाई रोग र भोकबाट बचाउनको लागि आफूले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाए । गृहजिल्लामा संक्रमित थपिँदा उपचारमा सहज र कोरोना नियन्त्रण गर्नका लागि सहयोग पुग्ने निलकण्ठ नगरपालिका ११ का काठमाडौं सम्पर्क समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्