Logo

निषेधाज्ञाले कोरोना संक्रमण नियन्त्रण भयो कि भएन ? यस्तो त तथ्याङ्क



जेठ २०, काठमाण्डौ । काठमाण्डौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा सुरु भएको एक महिना नाघेको छ । तर महामारी अपेक्षित रूपले नियन्त्रणमा आउन सकेको छैन ।

परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हाराहारीमा अझै दैनिक सङ्क्रमित भेटिनुलाई उच्च जोखिमकै अवस्था मान्नुपर्ने जनस्वास्थ्यविज्ञहरु बताउँछन् । विहिबार प्राप्त पछिल्लो २४ घण्टाको तथ्याङ्कमा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण हुदा कूल ६ हजार ६ सय २५ जनामा संक्रमण पुष्टी भएको छ ।

यतिखेर नेपालका ४८ भन्दा धेरै जिल्लामा सक्रिय सङ्क्रमितहरू रहेको सरकारी विवरण छ । कोभिडका कारण दैनिक मृत्यु पुष्टि गरिने सङ्ख्या वैशाख २६ यता १०० नाघेकोमा यसबीचमा तीन दिन मात्र १०० भन्दा कम भएको देखिन्छ ।

यसबीचमा एकैदिन करिब १० हजार नयाँ सङ्क्रमित भेटिएका बेला जेठ ५ मा अहिलेसम्मकै धेरै २४६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको पुष्टि भएको थियो । लकडाउनका बेला आवागमन ६० देखि ७० प्रतिशतका हाराहारीमा मात्र घटेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी घरबाहिर निस्किँदा मास्क लगाउने मानिसहरू ७५ प्रतिशतजति छन् ।

कोभिड–१९ विरुद्धको खोप पाउनेहरूको सङ्ख्या नबढाउँदासम्म निषेधाज्ञा वा लकडाउनले मात्र सङ्क्रमणको साङ्लो भङ्ग गर्न कठिन हुने विज्ञहरूले बताउँदै आएका छन् । तर संक्रमणको अवस्था नियन्त्रण गर्नका लागि आफुहरुले चालेका चदम सफल भएको भन्दै सरकारी अधिकारीहरु दाबी गरिरहेका छन् । काठमाडौ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पछिल्लो दिनमा काठमाडौ लगाए मुख्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्यामा कमी आएको बताए ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते १३ हजार ८ सय ७९ जनाको परिक्षण गर्दा ८ सय ९७ जनामा संक्रमण पुष्टि हुँदा १७ जनाका मृत्यु भएको थियो ।

त्यसको भोलिपल्ट अर्थात बैशाख १६ गतेबाट एक साता अर्थात बैशाख २२ गते सम्मका लागि निषेधाज्ञा जारी भयो । यो अवधिमा ४५ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि हुदा २ सय ८१ जनाको मृत्यु भयो ।

निषेघाज्ञालाई थप गर्दै पुन बैशाख २९ गतेसम्मका लागि थप गरियो । उक्त अवधिमा मात्रै ६४ हजार २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बैशाख ३० गतेदेखि जेष्ठ ५ गतेसम्ममा ५४ हजार ६ सय ८ जना संक्रमित भए भने १ हजार ४ सय ५ जनाले ज्यान गुमाएका थिए । अघिल्लो साताको तुलनामा संक्रमितको संख्यामा केही कमी आएता पनि मृतकको संख्या बढेको थियो ।

जेष्ठ ६ गते देखि जेष्ठ १२ गतेसम्म कोरोनाका कारण १ हजार १ सय ८८ जनाको मृत्यु भयो भने सोही समय ५६ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भयो । यो अवधिमा परिक्षणको दायरा घटेपश्चात संक्रमण पुष्टि हुनेको संख्यामा कमी आयो तर मृतकको संख्या घट्न सकेन ।

जेष्ठ १३ गते देखि जेष्ठ २० गते सम्मको अवधिमा ३८ हजार ६ सय ९० जनामा कोरोना पुष्टि भयो भने सोही समय कोरोनाका कारण ७ सय ९५ जनाले ज्यान गुमाएका छन् । जेठ २१ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भइसकेको छ ।
सरकारले कोरोना रोकथामका लागि प्रभावकारी कदम परिक्षणको दायरा लगाएका कुराहरुमा ध्यान नदिने तर बन्दाबन्दीलाइ निरन्तरता दिएको भन्दै आपत्ति जनाएका छन ।



प्रतिक्रिया दिनुहोस्