Logo

भारतमा रेल मार्गमा गत बर्ष मात्रै आठ हजार ७०० को मृत्यु



२० जेठ: भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । समितिका उच्च अधिकारीहरूले यो विवरण गत बर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् ।

मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो । प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ । रेल मार्गमा मृत्यु भएकाहरूको खास सङ्ख्या भने आठ हजार ७३३ रहेको छ ।

लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुदै हिडेर आ आफ्ना घर तर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ ।

“लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृत्यु भएको हो,” एक अधिकारीले भने । रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पारे ।-पीटीआई/File Photo



प्रतिक्रिया दिनुहोस्