Logo

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका रोक्न अध्यादेशमार्फत कडा कानुन बनाउने



जेठ २०, काठमाण्डौ । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन बनाउने भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

अस्पताल र चिकित्सकमाथि हुने आक्रमण रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सो अध्यादेश ल्याउने निर्णय भएको हो ।

त्यसैगरी विहिबारको बैठकले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्