Logo

नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा पुग्यो



काठमाण्डौ, जेठ २१ । नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा पुगेको छ। नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको हो । त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको उनले बताइन्।

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद्ले बताएका छन्।
यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्