Logo

सुर्य थापाको टिप्पणीः खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको बिरोध गर्ने



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका पे्रस सल्लाहकार सुर्य थापाले राष्ट्रपतिको बिरोध गर्नेहरुलाई पाखण्डीको संज्ञा दिएका छन् । थापाले आफु र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको विरोध गरिरहेको टिप्पणी गरेका छन्।

उनले ४ करोड खोप चाहिन्छ भन्दै राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेको पनि उल्लेख गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तथ्यांक लेख्न उचित लागेन- हामीलाई ४ कराेड डाेज खाेप चाहिन्छ, त्यसनिम्ति राष्टपति,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकाे तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्। आफू र परिवारका सबैले खाेप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिकाे विराेध गर्ने पाखण्डीपन त प्रकट भएकै छ।’



प्रतिक्रिया दिनुहोस्