Logo

विश्वभर कोरोना संक्रमणबाट ३७ लाखको निधन



एजेन्सी, २१ जेठ । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ७५२ पुगेको छ । संक्रमित मध्ये २ करोड ८० लाख २५ हजार ५७५ जना संक्रमणमुक्त भइसेकेका छन् । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा ६ लाख ११ हजार ६ सय ११ रहेको छ । पछिल्लो समय अमेरिकामा ५ हजार ८०७ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको जनाएको छ ।

यसैगरी, विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म १७ करोड २९ लाख १४ हजार ७०३ पुगेको छ । संक्रमित मध्ये १५ करोड ५८ लाख ५५ हजार ९८९ जना संक्रमण मुक्त भइसकेका छन् । संक्रमणबाट बिश्वभर हालसम्म ३७ लाख १७ हजार ४३० जनाको निधन भएको छ । संक्रिय संक्रमितको संख्या १ करोड ३३ लाख ४१ हजार २८४ रहेको छ । विश्वभर गम्भिर अवस्थामा रहने संक्रमितको सँख्या ८८ हजार ९२२ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्