Logo

नेपालमा ३९८ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, आईसीयुमा कति ?



काठमााडौं, २१ जेठ । विश्व हाल कोरोना भाइरसले आक्रान्त बनेको छ । नेपालमा हालसम्म कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । नेपालमा पनि दैनिक ४ हजार बढी सक्रमित भइरहेका छन् भने बिहीबार थप ७५ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ६३० पुगेको छ ।

बिहीबार सम्म नेपालमा ३ सय ९८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । जसमध्ये प्रदेश १ मा ५७ जना, प्रदेश २ मा २२ जना, बाग्मती प्रदेशमा २५६ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा १० जनाको भेन्टिलेटरमा उपचार भैरहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

मन्त्रलायको अनुसार देशभर आईसीयुमा १४ सय ४४ जनाको उपचार भैरहेको छ । जसमध्ये प्रदेश १ मा २२१ जना, प्रदेश २ मा ११३ जना, बागमती प्रदेशमा ७२६ जना, गण्डकी प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा १६९ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदुरपश्चिम प्रदेशमा ३० जनाको आइसियुमा उपचार भैरहेको छ । त्यस्तै, देशभर होम आइसोलेशनमा बस्नेको संख्या ९४ हजार ९०९ रहेको छ भने संस्थागत आइसोलेसनमा बस्नेको संंख्या ६ हजार ९३० रहेको छ।

 



प्रतिक्रिया दिनुहोस्