Logo

राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन मन्त्री ढकालको चूनौति (भिडिओसहित)



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का नेता तथा पर्यटनमन्त्री भानुभक्त ढकालले कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाको विपक्षी गठबन्धन चुनावमा सहभागी हुन डराएको आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“षड्यन्त्र र माथि माथि टाउकाको गठजोडको आधारमा हेर्ने हो भने एउटा कुरा हुन्छ, जनस्तरमा यिनीहरु जान किन डराएका छन् ? भन्ने कुराबाटै तपाईँ बुझ्नुहोस न, यिनीहरुको जरा हल्लिएको छ । जरा यिनीहरुको तल जमिनमा छँदै छैन् । माथि माथि यसो समिकरण गराएर केही भएकोमा तलवितल गराएर केही लेनदेन गर्ने कुरा होला ।”

पत्रकार धमलाले जनताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त पाँच वर्षको लागि सरकार चलाउन जनमत दिएको हो नि ? बिचमै संसद् विघटन गर्न मिल्छ ? भनेर सोधेको प्रश्नमा उनले भने-“किन मिल्दैन् ? कोरोनाको महामारीले भन्दापनि राजनीतिक महामारीले देशलाई आक्रान्त पारेको छ । तर, सरकारले विकास र समृद्धिको काम यो तीन वर्षभित्र धेरै काम भएको छ । के कारणले संसद् विघटन भयो भन्दाखेरि ओलीलाई विस्थापित गरेर माधव नेपाल र प्रचण्डजीले राजनीतिक अस्थिरता मच्चाउने काम गरेकोले हो ।” उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने धम्की नदिनपनि नेताहरुलाई चेतावनी दिएका छन् । उनले भने-“सक्नेले त महाअभियोग लगाएर देखाए भैगयो ।”



प्रतिक्रिया दिनुहोस्