Logo

यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ



मोरङ, २१ जेठ । महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ परेका छन् । पच्चीस वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुढीगंगा गाउँपालिका–२ बस्ने २४ वर्षीया सरोज कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई साहले पटक–पटक यौन दुर्व्यवहार गरी कुटपिट समेत गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot