Logo

‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी



एजेन्सी, २१ जेठ । प्रत्येक व्यक्तिको एउटा रगतको समुह हुन्छ । कोरोना भाइरसले केही रक्तसमुहका मानिसहरुलाई प्रभाव कम पार्छ भने केही रक्त समुहका मानिसहरुलाई गम्भिर असर पार्ने तथ्यं एक अनुसन्धानबाट पत्ता लागेको हो ।

यो संजय गान्धी स्नातकोत्तर आयुविज्ञान संस्थानका प्रो. अतुल सोनकरलाई उद्वत गर्दै भारतीय मिडिया दैनिक जागरणले एबी र बी रक्त समुहका मानिसहरु कोरोना भाइरसबाट बिशेष सचेत हुनुपर्ने जनाएको छ । जागरणको अनुसार यी रक्तसमुहका मानिसहरुलाई कोरोना संक्रमणले धेरै गम्भिर प्रभाव पार्न सक्छ ।

प्रो.सोनकरले काउन्सिल अफ साइन्टिफिक एण्ड इंडस्ट्रियल रिर्सचबाट एबी र बी रक्त समुहको मानिसहरुले कोरोनाबाट धेरै जोखिम हुने भन्दै सचेत हुुनुपर्ने दाबी गरेका छन् ।अनुसन्धानबाट ओ रक्तसमुहमा कोरोना भाइरसको सबैभन्दा कम असर हुने पत्ता लागेको छ । यो रक्त समुहका धेरै मानिसहरुलाई एसिम्प्टोमैटिक हुन्छ र हल्का लक्षण देखिन्छन् ।
ओ रक्तसमुहको मानिसहरुलाई कोरोना भाइरसको कम प्रभाव पर्छ र होम आइसोलेसनमा नै धेरै हदसम्म ठिक हुन्छ ।

यो रिपोर्ट यस सेरो–पोजिटिभ सर्वेक्षणको डाटाको आधारमा तयार गरिएको हो। यसमा भारतका १० हजार व्यक्तिबाट डाटा लिएर १४० डाक्टरहरूको टोलीले यसलाई विश्लेषण गरेको हो । प्रतिवेदनले शाकाहारीहरू भन्दा मांसाहारी मानिसहरूलाई कोरोना भाइरस संक्रमण हुने खतरा बढी भएको देखाएको छ । प्रा. सोनकरका अनुसार सबै कुरा व्यक्तिको आनुवंशिक संरचनामा निर्भर गर्दछ। एउटा परिवारको एक जना व्यक्तिले आफुलार्ई जोगायो भने सबैजना सदस्य जोगिन्छन् ।

ओ रक्त समुहका व्यक्तिले लापरवाही गर्नु नहुने विशेषज्ञको तर्क छ । यो समुहको प्रतिरक्षा प्रणाली कोरोना भाइरसको बिरूद्ध र एबी र बी समूहको भन्दा बलियो हुन्छ तर, यो रक्त समुहका मानिसहरुले कोविड प्रोटोकल अनुसरण गर्न भने छाड्नु हुँदैन ।



प्रतिक्रिया दिनुहोस्