Logo

के ‘बाइसेक्सुअल’ हुन् प्रियंका चोपडाको जेठानी सोफी ?



एजेन्सी, २१ जेठ । गेम अफ थ्रोन्सकी अभिनेत्री तथा बलिउड नायिका प्रियंका चोपडाकी जेठानी सोफी टर्नर इन्स्टाग्राममा स्टोरीमा एक पोस्ट गरेको कारण हाल चर्चामा छिन् । उनले गर्व महिनाको उत्सवबारे पोष्ट गरेकी थिइन् । गर्व महिना अमेरिकामा जुन महिनामा मनाइन्छ ।

यो गर्व महिना हो भन्दै सोफीले इन्स्टाको स्टोरीमा लेखेकी थिइन्, ‘न त समय सीधा छ र न म’ । उनको यहि शब्दका पोस्टले मानिसहरुले उभयलिंग भएको अनुमान लगाउन थालेका छन् ।
हाल उनको ईन्स्टाको उक्त पोस्ट भाइरल भइरहेको छ। सोफी निक जोनसको दाजु जो जोनासकी पत्नी हुन् र उनीहरूको छोरी पनि छिन् ।

सोफीको भाइरल भएको पोस्टसँगै एक स्टीकरमा ‘मैं समलिंगी हो ।’ देखिएको भन्दै धेरै व्यक्तिहरूले शंका गरेका छन् । सोफीले २०१२ मा एक अन्तर्वाताको क्रममा बाँकी जीवन एक्लै बिताउने तयारी पुरा गरेको बताएकी थिइन् । उनले आत्मालाई प्रेम गर्दछु, लिंगलाई होइन पनि भनेकी थिइन् । Source: Jagaran



प्रतिक्रिया दिनुहोस्