Logo

सामाजिक सुरक्षा कोषले सूचीकरण गर्न दबाब दिएपछि वित्तीय संस्था कर्मचारी संघको विरोध



काठमाडौ, २१ जेठ । सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले विरोध गरेको छ । सामाजिक सुरक्षा कोषले एक सूचना जारी २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनका लागि निजी तथा संगठित संस्थाहरुलाई आग्रह गरेपछि संघले विरोध गरेको हो ।

संघले सरकारको नीति नियम अनुरुप व्यावसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैंक, बिमा तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई उनीहरुको खाईपाई आएका सेवा सुविधाहरु कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सहभागी गराउन कोषले दवाव दिएको भन्दै आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका परिवारका सदस्यलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्