Logo

बुधबारदेखि श्रम स्वीकृति लिन पाउने



काठमाडौं, २१ जेठ । वैदेशिक रोजगार कार्यालयले भौतिक रुपमा उपस्थित भई प्रत्येक हप्ताको चौथो दिन बुधबार एकदिन श्रम स्विकृति दिने भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले आज एक विज्ञप्ती जारी गर्दै यो सेवा जेठ २६ गते (बुधबार) देखि सुरु हुने जानकारी दिएको हो ।

वैदेशिक रोजगार कार्यालयले कोभिड–१९ संक्रमणको ब्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै २०७७ बैशाख २४ गते देखि भौतिक रुपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्