Logo

५ पटकको मन्त्रीपरिषद बैठकले केके गर्यो निर्णय ?



जेठ २१, काठमाण्डौ । सरकारले रासायनिक मल आयोगका लागि भारतसंग जी टु जी मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल सरका र भारत सरकारबीच रासायनिक मलको आयातका लागि जी टु जी मार्फत खरिद प्रक्रिया अगाडी बढाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरिएको पनि उहाले जानकारी दिए । जेष्ठ १०, १३, १५, १७ र २० गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउदै गुरुङले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय गरेको बताए । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको प्रवक्ता गुरुङले बताए । हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताउनुभयो ।

त्यस्तै सञ्चारमन्त्री गुरुङले सञ्चार मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटलाई नयाँ ढङ्गले रुपान्तरण गरिएको छ । पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको आवश्यक बजेट व्यवस्था गरिएकोले विपक्षी राजनीतिक दलले यसपालि बजेटको विरोध गर्न ठाउँ नपाएको जिकिर गरेका छन् ।

चुरे निकासीबारे अनर्गल प्रचार गरिएको भन्दै उनले भ्रमको पछाडि नलाग्न सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्