Logo

लायन्स क्लब इन्टरनेसनलको डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटीको पल्ला भारी



जेठ २१, काठमाडौँ । लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन शुक्रबार सुरु भएको छ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर छनोट जेठ २२ गते हुनेछ ।

नेपालमा ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल भव्यरुपमा शुरु भएको छ । इन्टरनेशनल डाइरेक्टरमा नेपालका बालकृष्ण बुर्लाकोटीले उम्मेदवारी दिएका छन् ।

बुर्लाकोटीको जितको सुनिश्चित भएको देखिन्छ । उनीसँग खगेन्द्र सिटौला पनि प्रतिष्पर्धामा उत्रिएका छन् ।

को हुन् बालकृष्ण बुर्लाकोटी ?
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्वगभर्नर बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन हुन् । मल्टिपलमा लायन्स फन्डको सुरुवात गर्नेदेखि मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । मुलुक र जनताको समस्यामा सदैव क्रियाशील बुर्लाकोटी व्यक्तित्व आवश्यक सहयोगका हात अगाडि बढाउन कहिल्यै पछि परेनन् ।

मल्टिपलको सचिवालयलाई व्यवस्थीत गर्नु महत्त्वपूर्ण भुमिका निर्वाह मल्टिपल सचिवालयलाई खोल्न सुरुवात गर्ने ब्यक्ति ।

आफू मुल्टिपल हुदा भिजनका साथ नेपालको बढी भन्दा बढी स्थायी परियोजना ल्याउन र बढी भन्दा बढी नेतृत्व अवसर प्राप्त गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफू मल्टिपल काउन्सिल अध्यक्ष हुदा रि–डिस्टिकिङ कमिटि गठ्न गरि ४ वटै डिस्ट्रिक रि–डिस्ट्रिक्ट गरि १५ वटा डिस्ट्रीक बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने दूरदर्शी नेतृत्व ।

आर्थिक हिसाबले मल्टिपललाई मजवुत बनाउनु पर्छ भनी मल्टिपलको आफ्नै कोष खडा गरि नेपाल लायन्स फण्डको सुरुवात ।

अन्तर्राष्ट्रिय सम्मेलनको दर्ता मल्टिपलमा नै गर्नुपर्छ भनेर सुरुवात गर्ने व्यक्ति जस्को कारणले बिगतमा धेरै सम्मेलन दर्ता रकम पाउदैनथे तर अहिले कसैले दर्ता रद्द गर्नुपरेमा नपाउने अबस्था छैन ।

विश्वको २ सय भन्दा बढी देशमा फैलिएको लायन्स अन्तर्राष्ट्रियमा उनले आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न उनी सफल भएका थिए । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उनी सफल भएका थिए । नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराएका थिए ।

नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराएका थिए । गभर्नर हुँदा होस् वा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका बुर्लाकोटीले इसामे एरिया फोरम कलकत्तामा पनि विषेश प्रस्तुत राख्न सफल भएका छन् ।

सकारात्मक सोचका साथ अगाडी बढेका उनी स्वतन्त्र र स्वच्छ छविका मानिन्छन् । असल व्यवहार, उच्च नैतिकवान चरित्र आत्मसाथ गर्ने भएकाले बुर्लाकोटलीको जित निश्चित रहेको उनको चुनावी अभियानमा होमिएकाहरुले बताएका छन् ।

लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उनले बताए । यस अगाडि सञ्जय खेतान अन्तर्राष्ट्रिय डाइरेक्टर बनेका थिए । खेतानलाई लायन्सको अन्तर्राष्ट्रिय अध्यक्ष बनाउने अभियानमा समेत आफूले भूमिका खेल्ने बुर्लाकोटीको बताए ।

इन्टनेशनल डाइरेक्टर बनेपछि आफूले संसारभर नेपाललाई चिनाउन लागिपर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्