Logo

मन्त्रिपरिषद् पुनर्गठन : तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तीन उपप्रधानमन्त्रीसहित नवयिनुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । पद तथा गोपनियताको सपथ लिएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० जना मन्त्री भएका छन् । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी भएका हुन् ।

महतो भने उपप्रधान एवम् शहरी विकासमन्त्री भएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छन रघुवीर महासेठलाई पनि उपप्रधानसहित परराष्ट्र मन्त्री बनाईएको छ । एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् ।

जसपाबाट महतोसहित मन्त्री बन्नेहरुमा शरदसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया मन्त्री बनेका छन् । भण्डारीले उर्जा, जलस्रोत तथा सिचाईको जिम्मेवारी लिएका छन् भने झा खानेपानी मन्त्री भएका छन् । त्यस्तै, कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।

श्रीवास्तव भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । अरगरिया भने वन तथा वातावरण मन्त्री बनेका छन् । चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, जसपाबाट राज्यमन्त्रीमा भने चन्द्रकान्त चौधरी र रेनुका गुरुङ छन् । चौधरीाई उर्जा राज्यमन्त्री र गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।

प्रधानमन्त्री ओलीले यसअघिका चार मन्त्रीहरुलाई यथावत राखेका छन् । यथावत रहेका मन्त्रीहरुमा अर्थमन्त्री पौडेलसहित शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङ छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot