Logo

उपप्रधान एवम् सहरी विकासमन्त्री महतोद्धारा पदभार ग्रहण



काठमाडौं, २१ जेठ । नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित् मन्त्रालय पुगेर महतोले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पूनर्गठन गरेका हुन् । जसपाबाट महतोको नेतृत्वमा दश जना मन्त्री वर्तमान सरकारमा सहभागी छन् । त्यसमा ८ जना मन्त्री र दुई जना राज्यमन्त्री छन् ।

ओली सरकारमा महतोसहित तीन जना उपप्रधानमन्त्री भएका छन् । अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री रघुवीर महासेठ सरकारमा उपप्रधानमन्त्री हुन् । उनीहरुले पनि आजै पदभार ग्रहण गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्