Logo

बाबुरामको टिप्पणी : नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ ?



काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीका सालनाल कहाँ जोडिएको रहेछ ? भनेर प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्ड पूनर्गठन गरेपछि सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्-“यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?”



प्रतिक्रिया दिनुहोस्