Logo

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् पुनर्गठन



काठमाडौं, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै मन्त्रिमण्डल विस्तार गरेका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले गठन गरेको १७ सदस्यीय मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । ओलीले आफ्नै पार्टीबाट सरकारमा सामेल मौजुदा मन्त्रिपरिषद्का १ उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदा गरेका छन् । सरकारमा सहभागी चार जना मन्त्रीलाई भने यथावत् राखिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्