Logo

नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना द्वारा जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण



सिन्धुपाल्चोक, जेठ २२ । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिनाले काभिड १९ को महामारी विरुद्ध लड्न स्वास्थ्य समाग्रीसहित खाद्यान्न समागी वितरण गरेका छन् । काभिड १९ को महामारी विरुद्धको हाम्रो अभियान अन्तर्गत सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

गाउँपालिका तथा वडाभित्र रहेका स्वास्थ्य संस्था,आइसोलेसन सेन्टरमा पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ,उपाध्यक्ष दुर्गा देवि नेपाल ,वडा अध्यक्ष, स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि,एबं नेपाली काँग्रेसका नेताहरुको उपस्थितिमा उक्त स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमण बाट मुक्त भएलगत्तै समाजिक सञ्जाल मार्फत सकारात्मक अभियानमा शसक्त पैरवी गर्न सफल धुस्कुन स्पेसल नामक फेसबुक ग्रुपको नेतृत्व र समन्वयमा संचालित सो सहयोग अभियानमा सहभागी हुँदै संघका महामन्त्री तिमल्सिना र उनको नेतृत्वमा संकलित स्वास्थ्य सामग्री संक्रमित र प्रभावित हरु समक्ष पुर्याउन उक्त सहयोग गरिएको हो ।

तत्कालको आबश्यक्तालाई केही हदसम्म पुर्ती गराउने गरि शुरु गरिएको यो अभियान र सम्पुर्ण सहयोगीप्रती तथा अभियानमा जोडिएका सबै अभियन्ता लाई महामन्त्री तिमल्सिनाले धन्यवाद ब्यक्त गरेका छन। सामग्री बितरण अभियानमा नेबिसंघ महाराजगंज क्याम्पस इकाई सचिब सुमित बोहरा,संघका नेताहरु समीर लामा, सोनाम तामाङ, रामहरी नेपाल, तरुण दलका नेता जोगबिर भण्डारी लगायत अभियानमा सुरुवाती देखि नै सहभागी अभियन्ताहरुको सहभागिता रहेको थियो ।

धुस्कुन स्पेसलको अभियान मार्फत सहयोगीहरुद्वरा कोषमा निरन्तर नगद तथा अन्य सहयोग संकलन भैरहेको र सो रकम संक्रमण नियन्त्रणमा उपयुक्तता बमोजिम खर्च गरिने अभियन्ता सहदेब भण्डारीले बताए । वितरण गरिएको स्वास्थ्य समाग्रीमा दश हजार थान सर्जिकल मास्क, एक हजार थान एन ९५ मास्क, ५० पिस एन्टी जेन किट कोभिड टेस्ट, ११० पिस पीपीई सेट, सात पीस अक्सिमिटर, चार सय पीस कपडाको मास्क, पाँच सय लिटर स्यानिटाइजर, पाँच थान डिजिटल थर्मामिटर, पाँच बस्क सिटामोल, १० बस्क ग्लोब्स, खाद्यान्न सामग्री, ५० लिटर अक्सिजन सिलिन्डर रहेका छन् ।


स्वास्थ्य सामग्री हस्तान्तरण तथा सहयोग अभियान निरन्तर जारी रहेको र अत्यावश्यकिय सामग्री सहित पुनः समुदायमा पुग्ने अभियन्ता तथा नेबिसंघका नेता समीर लामाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्