Logo

केपी ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ला भयो : भीम रावल



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझै छताछुल्ल भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले ओलीमा चरम सत्तालिप्सा रहेको पनि आरोप लगाएका छन् । सत्तालिप्साकै कारण ओलीबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाती काम भएको रावलको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot