Logo

प्रकाशमानमार्फत रत्नराज्य आइसोलेसनलाई हेकाफको सहयोग



काठमाडौं, २२ जेठ । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहमार्फत हेकाफ–३६० नामको संस्थाले रत्नराज्य आइसोलेसलाई लाखौं मूल्य बराबराको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अनुरोधमा हेकाफ–३६० संस्थाले उपप्रधानमन्त्री एंव कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिंहमार्फत महादेवस्थान वानेश्वरस्थित रत्नराज्य हेकाफले पिपिई, मास्क, फेस सिल्डलगायतका लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री रत्नराज्य आइसोलेसनलाई हस्तान्तरण गरेको हो । हेकाफले पिपिई सेट २०० थान, फेस सिल्ड २०० थान, फेस मास्क १०० थान, सर्जिकल मास्क २००० थान, सु कभर २०० थान, मेडिकल क्याप २०० थान, सर्जिकल फेस मास्क २०० थान लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री शनिबार प्रदान गरेको छ ।

बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई थप व्यवस्थित र सुविधा सम्पन्न बन्न हेकाफले अन्य थप आवश्यक सामग्री दिने प्रतिबद्धता जनाएको सांसद श्रेष्ठले जानकारी दिए ।
त्यस्तै काठमाडौंको वानेश्वर निवासी अधिवक्ता एवं समाजसेवी अभिषक अधिकारीले पनि रत्नराज्य आइसोलेसनलाई १० हजार सहयोग गरेक छन् । उनले सांसद श्रेष्ठको बैंक खातामार्फत आइसोलेसनलाई उक्त रकम दिएका हुन् ।

काठमाडौंको वानेश्वर निवासी व्यवसायी एवं समाजसेवी उदय चापागाईले रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसनलाई २१ हजार आर्थिक सहयोग दिएका छन् । रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसन वार्डको बारेमा आफ्नो फेसबुकमार्फत जानकारी प्राप्तगरी सहयोग गर्ने अभिलाषा प्रकट गरे बमोजिम उनेकै निवासमा गएर उक्त रकम लिएका प्रदेशसभा सदस्य श्रेष्ठको भनाई छ ।

वानेश्वर निवासी केसी परिवारद्वारा आफ्नो दिवंगत बुबा आमाहरूको स्मृतिमा रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसन सेन्टर सञ्चालनका लागि ३१ हजार सहयोग प्रदान गरेका छन् । उक्त रकम छोरा सुरेन्द्र केसीसहितले प्रदेश सभा सदस्य श्रेष्ठ र वडाध्यक्ष रामकुमार केसीमार्फत हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेस काठमाडौ जिल्लाका पूर्व कोषाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता सुनिल गौतमले पिता स्व। गोबिन्दप्रसाद गौतमको वार्षिक तिथिको अबसरमा रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसन सेन्टरलाई २५ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बुद्धनगर टोल सुधार समितिका सचिव एवं समाजसेवी प्रियनाथ खनालले पनि स्कूलमा खोलिएको रज्यराज्य आइसोलेसनलाई १० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

वानेश्वर थापागाउँ निवासी सुभ टि प्वाइन्टका प्रोप्राईटर एवं समाजसेवी, युवा उद्यमी शुभेन्द्र थापाले रत्नराज्य स्कूलमा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । समाजसेवी नरेश मैनालीले रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसनलाई १० हजार ५ सय आर्थिक सहयोग गरेका छन् । त्यस्तै नयाँ वानेश्वर रवि न्यौपानेले रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसनलाई ७ हजार सहयोग गरेका छन् । दाताहरुको इच्छा बमोजिम सांसद श्रेष्ठले घरघरमै गएर सहयोग रकम बुझी आइसोलेसनको व्यवस्थापनको पाटो हेरिरहेकी अनामिका अर्याललाई हस्तान्तरण गरेका छन् ।

स्थानीय अनामिका अर्याल, भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो । रत्न पुस्तकालय र वानेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिले पनि आइसोलेसन सेन्टरलाई टेन्टलगायतका भौतिक सहयोग उपलब्ध गराएको छ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले काठमाडौ क्षेत्र नम्बर १ लाई लक्षित गरेर सञ्चालनमा आएको रत्नराज्य आइसोलेसनमा बिरामीको निः शुल्क हेरचाह हुने भएकाले समस्यामा परेका कोरोना संक्रमितलाई आइसोलेसन सेन्टरमा पठाउँमा सबैमा अनुरोध गरेका छन् । आइसोलेसनमा समयतालिका मिलाएर मासुसहितको प्रोटिनयुक्त खाना, औषधि उपचारलगायतका सबै सुविधा उपलब्ध गराएको सांसद श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्