Logo

कोरोना महामारीमा सहयोग वितरण गर्दा गर्दै संक्रमित संगिता कर्माचार्यको निधन



काठमाडौं, २२ जेठ । कोरोना भाइरसको महामारीमा खाद्यान्न, लत्ताकपडालगायतको सहयोग वितरण गर्दा गर्दै संक्रमित भएकी संगिता कर्माचार्यको निधन भएको छ । समाजसेवी कर्माचार्यको कोरोना भाइरसको संक्रमण भई उपचारका क्रममा झापास्थित बिएमसी अस्पतालमा निधन भएको हो ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी कर्माचार्य सिराहाको लाहानमा लोकप्रीय छिन् । उनले कोरोना संक्रमणका बेलामा महत्वपूर्ण सहयोग वितरण गरेर लोकप्रीयता कमाएकी थिइन् ।

यसैगरी, काँग्रेस नेता प्रकाशमान सिंहलगायतले कर्माचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्