Logo

उपप्रधानमन्त्री महतोको पुत्ला दहन र विरोधमा उत्रिएका माधव नेपालनिकट विद्यार्थीहरु पक्राउ (फोटोफिचर)



काठमाडौं, २२ जेठ । नवनियुक्त उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै माधव नेपालनिकट विद्यार्थी संगठनका नेताहरुले आज काठमाडौंमा विरोध प्रदर्शन तथा पुत्ला दहन गरेका छन् । यसरी पुत्ला दहन र विरोधमा उत्रिएका विद्यार्थी नेताहरूलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले विद्यार्थी नेतृ आरती लामासहित दर्जन बढिलाई पक्राउ गरेको हो ।

उपप्रधानमन्त्री महतोले हिजो पदभार ग्रहण गर्ने बेलामा नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिविरुद्ध एमालेका नेता वामदेव गौतम, योगेश भट्टराई र घनश्याम भुषालहरुले समेत चर्को विरोध गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्