Logo

‘बहुराष्टिय राज्य’ बन्दा यी राष्ट्र चिरैचिरा



काठमाडौं, २२ जेठ । मधेशवादीलगायत केही जातीय मुद्दा उठाउँदै आएका दलहरुले ‘बहुराष्ट्रिय राज्य’ को माग गर्दै आएका छन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भन्दै उनीहरुले बहुराष्ट्रिय राज्यको माग उठाउँदै आएका छन् । उपप्रधानमन्त्रीको सपथ लिएपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ‘बहुराष्ट्रिय राज्य’ को विषय उठाए ।

बहुराष्ट्रिय राज्यको अभ्यास सँसारका कतिपय विकसित मुलुकहरुले गर्दै आएका छन् । तर, ती देशहरुलाई आफ्नो राष्ट्र एक बनाइराख्न कठिन परिरहेको छ । बेलायत, इथियोपिया, इराक, श्रीलंका, नाइजेरियालगायतका देशहरु बहुराष्ट्रिय राज्यको अभ्यासका क्रममा विभाजनको चुनौती झेलिरहेका छन् ।

बबहुराष्ट्रिय राज्यको अभ्यासका दौरान सोभियत संघ, चेकोस्लोभाकिया, युगोस्लोभाकिया, भारतलगायतका देशहरु विभाजित भएका थिए । रुस यति विशाल थियो कि उसको भूमिमा कहिल्यै सूर्यास्त हुँदैनथियो । युगोस्लोभाकिया र चेकोस्लोभाकिया पनि विशाल थिए । तर, बहुराष्ट्रिय राज्यको अभ्यास गर्दा गर्दै पृथकतावादी हावी हुँदै चीरा चीरा परेका थिए ।

महतोले अहिले बहुराष्ट्रिय राज्य मुख्य एजेन्डा भएको अभिव्यक्ति दिएपछि उनीमाथि बिखण्डनकारीको आरोप लागेको छ । एमाले नेता बामदेव गौतमले महतोलाई बिखण्डनकारीको आरोप लगाएका हुन् । उनले केपी शर्मा ओली यसबारे मौन बसेकोमा आपत्ती समेत जनाएका छन् । एमाले नेताहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, यामलाल कँडेललगायतले महतोको चर्को आलोचना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्