Logo

सिद्धिपुरमा खुल्यो कोभिड १९ रिलिफ सेन्टर



ललितपुर, २२ जेठ । महालक्ष्मी नगरपालिका ६ स्थित सिद्धिपुरमा कोभिड १९ रिलिफ सेन्टर संचालनमा आएको छ । महालक्ष्मी नगरपालिका वडा नं ६ को वडा कार्यालयको समन्वयमा रिलिफ सेन्टर संचालना आएको हो ।

वडाको समन्वयमा कोभिड १९ रिलिफ सेन्टरमा सिद्धिपुर स्वास्थ्य चौकी, गुठी अष्ट्रेलिया र युनिफिकेशन अफ युथ ग्रुप बखु टोल सुधार समितिद्वारा संचालन भएको महालक्ष्मी ६ का वडाध्यक्ष वासुदेव महर्जनले जानकारी दिए । रिलिफ सेन्टर अनन्त चोकमा रहेको छ ।

सिद्धिपुरले कोरोना भाइरसको जोखिमविरुद्ध लड्ने क्रममा महत्वपूर्ण कार्य गर्दै आएको छ । महालक्ष्मी नगरपालिकाको ६ नं वडा पर्ने सिद्धिपुर यस क्षेत्रकै नमूना वडा बनेको छ ।



प्रतिक्रिया दिनुहोस्