Logo

उपभोक्तालाई उपहार : पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, निगम अझै घाटामा



जेठ २२, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

अब पेट्रोल १२५, डिजल र मट्टितेल समान १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाइएको हो । यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्