Logo

खनाल नेपाल पक्षको बैठक : ओलीलाई शर्तदेखि चुरेको चिन्ता, महतोको भनाईमा आपत्ति



जेठ २२, काठमाण्डौ । शनिबार सम्पन्न नेकपा एमालेको खनाल–नेपाल समुहको स्थायी कमिटी बैठकले पार्टी एकताका लागी अन्तिम समय सम्म प्रयास गर्ने निर्णय गरेको छ । भर्चुअल माध्यमबाट बसेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्ष केपी ओलीले नेताहरु माथी गरेको कारवाही फुकुवा गर्नुपर्ने शर्त पनि अघि सारेको छ ।

वार्ताको लागि आफुहरु तयार भएपनि नेताहरु माथी भएको कारवाही फुकुवा नहुदा सम्म औपचारीक वार्ता सम्भव नहुने भन्दै खनाल नेपाल समुहले वार्ताको नाममा अल्झाईराख्दा त्यसको परिणाम पार्टीको लागी खतरनाक हुने ठहर गरेको छ । बैठकबाट एक प्रस्ताव पारीत गर्दै एमालेको खनाल नेपाल समुहले अध्यक्ष ओलीले संसद विघटन गर्नु गलत थियो भनेर आत्मआलोचना गर्नुपर्ने भनेको छ ।

त्यसैगरी सरकारले गरेको ढुङ्गा गिट्टी निर्यात गर्ने निर्णयले पर्यावरणलाई गम्भीर असर गर्ने भन्दै उक्त निर्णय फिर्ता लिन पनि माग गरीएको छ । त्यसैगरी उपप्रधान तथा शहरी बिकाश मन्त्री राजेन्द्र महतोले दिएको अभिब्यक्तीले विखण्डनकारी भावनालाई प्रशय दिने भएकाले प्रधानमन्त्रीले यसकीसीमका अभिब्यक्ती दिन मन्त्रीहरुलाई रोक लगाउनुपर्ने खनाल नेपाल समुहको ठहर छ । उक्त समुहका १५ जना स्थायी कमिटीका सदस्यहरुले विज्ञप्ति निकालेर महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गर्नुपर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्