Logo

महतोको बोलीबारे स्पष्ट पार्न प्रधानमन्त्री ओलीसँग १५ नेताको माग (वक्तव्यसहित)



काठमाडौं, २२ जेठ । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्य गरी १५ जनाले उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुराष्ट्रबारे आएको अभिव्यक्तिबारे स्पष्ट गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । उनीहरुले महतोको अभिव्यक्ति स्वीकार्य हुन नसक्ने समेत बताएका छन् ।

आज प्रेस वक्तव्य जारी गरी माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित १५ नेताले महतोको अभिव्यक्ति राष्ट्रिय अखण्डताविरोधी भएको आरोप समेत लगाएका छन् । उनीहरुले महतोले बहुराष्ट्रिय राज्इ बनाउने कुरा गनुलाई अखडताविरोधी भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्