Logo

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल १२५



काठमाडौं, २३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ । शनिबार मध्यरातिदेखि लागू हने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई-दुई रुपैयाँले वृद्धि भएको निगमले जानकारी दिएको छ ।

अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्