Logo

आदेश जारी गर्ने अधिकारीबाटै निषेधाज्ञा उल्लङ्घन



काठमाडौं, जेठ २३। डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ ।

कोरोना भाइरस महामारी संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ । गत वैशाख १६ गतेदेखि डडेल्धुरामा निषेधाज्ञा जारी छ । तर, पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानीय तहदेखि जिल्लास्थित कोरोना महामारी संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरू र स्वयम् निषेज्ञाधा जारी गर्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाटै निषेधाज्ञा उल्लङ्घन हुन थालेको हो ।

जिल्लास्थित प्रमुख सरोकारवाला निकायबाटै निषेधाज्ञा उल्लङ्घन गर्नमा होडबाजी भइरहेकोले सर्वसधारणमा पनि अटेरी गर्ने प्रवृति मौलाउन थालेको स्थानीय बताउछन् । निषेधाज्ञाकै क्रममा परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँद लावालस्कर सहित सडक, खानेपानी, भवन निर्माणजस्ता योजनाको उद्घाटनमा झण्डै एक साता व्यस्त रहनुभएको परशुराम नगरपालिकाले जनाएको छ ।

योजना अनुगमन र उद्घाटनका क्रममा लावालस्करसहित नगरप्रमुख आफंैले निषेधाज्ञा उल्लङ्घन गर्नुभएकाले सर्वसधारणबाट अटेरी हुन थालेको परशुराम नगरपालिका–५ का परिगाउँका वीरबहादुर चन्दले गुनासो गर्नुभयो ।शनिबार अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले वडा नम्बर २ को कार्यालय भवनको वृहत् समारोहकाबीच उद्घाटन गर्नुभएको छ ।

सो समारोहमा व्यापक जनसहभागिता रहको स्थानीय बताउँछन् । स्थानीयस्तरमा मात्रै नभई शनिबार परेको विश्व वातावरण दिवसका अवशरमा डिभिजन वन कार्यालय डडेल्धुराले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी घिमिरे दलबलसहित सहभागी हुनुभएको छ ।सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टसहित जिल्लास्थित अधिकांस कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।नेपाल समारचापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्