Logo

खोपकाण्डका कारण हृदयश त्रिपाठीले ओली सरकारमा निरन्तरता पाएनन्



काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली हृदयश त्रिपाठीलाई सरकारमा राखेनन् । ओलीले मन्त्रिमण्डल पुर्नगठनमा पुराना ४ मन्त्रीमात्र राखेका छन् । त्रिपाठी त्यसमा परेनन् ।

त्रिपाठीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट भएका थिए । खोपकाण्डमा त्रिपाठीले धेरै विषय खुलाएपछि असन्तुष्ट भएका थिए । उनले ‘बिचौलिया भूतप्रेत जागेको कारण’ भारतबाट सेरमद्वारा उत्पादित खोप ल्याउन नसकिएको अभिव्यक्ति दिएका थिए । बिचौलिया भनिएकाहरु प्रधानमन्त्री ओलीसँग नजिक मानिएका व्यवसायी हुन् ।

यअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि त्रिपाठीले घुमाउरो तरिकाले मुछेका गिथए । त्रिपाठीले कोरोना भाइरसको महामारी बढिरहँदा खोपको कमिशनको खेल र अवरोधबारे उजागर गरेका थिए । जसमा प्रधानमन्त्री ओलीलाई समेत घुमाउरो तरिकाले आक्षेप लगाइएको थियो । यसबाट ओली रुष्ट भएका थिए ।

त्रिपाठीले प्रधानमन्त्री ओलीलाई कमिशनको खेलबारे जानकारी गराउँदा पनि वास्ता नगरेको र उल्टै विचौलियालाई संरक्षण गरेको भन्दै असन्तुष्ट थिए । विचौलिया भनिएका व्यापारीहऋतु सिंह वैद्यलाई भिजिट नेपाल २०२० को आयोजक कमिटीको अध्यक्ष समेत बनाएका थिए ।

सेरमको नेपाल एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो र विजय दुगड, ऋतु सिंह वैद्य, अभिषेक दुगड र सुरज वैद्यको नाममा छ । चारैजना व्यापारी बालुवाटारसँग नजिक मानिन्छन् । उनीहरुलाई बदनाम बनाएर प्रधानमन्त्री ओलीसँग जोडेको भन्दै बालुवाटार त्रिपाठीसँग रुष्ट थियो ।

सेरम कम्पनीको नेपाल एजेन्ट कमिशनका लागि सक्रिय हुँदा १० लाख डोज खोपको आपूर्ति रोकेको र ५० लाख डोज खोप खरिदका लागि मूल्य प्रस्ताव गरिसक्दा अवरुद्ध भएको त्रिपाठीले खुलाएका थिए । सरकारसँग सिधा सम्झौता गरेर खोप खरिद गर्दा एजेन्ट कम्पनीले १० प्रतिशत कमिशन राख्न भन्दा त्रिपाठीले हटाएका थिए । १० लाख डोज खरिद गरेर नेपाल ल्याएको र बाँकी १० लाख डोज ल्याउन खोज्दा कमिशन एजेन्टले रोकेका थिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुँदा मन्त्रालय र निजी कम्पनी हुकाम डिस्टिब्यूटर्स एन्ड लजिस्टिक प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, सरकारले सोझै खोप खरिद गर्ने सम्झौता गरेर कमिशनको ढोका बन्द गर्न खोज्यो । कमिशन हटाएर सम्झौता गरी बढेको भन्दै सेरमको स्थानीय एजेन्टहरु सक्रिय भएर रोकाएको विषय खुलेको थियो । खोप रोक्न काठमाडौं देखि दिल्ली र पुणेसम्म सक्रिय भए । उनीहरुकै सक्रियताले खोपको दोस्रो लट रोकियो । १० लाख खोप आउन ढिलाई भयो र भारतमा पनि खोपको अभाव भएपछि आपूर्ति हुन सकेन ।

५ फागुन २०७७ मा सेरमसँग खरिद गरिएको १० लाख डोज खोप आइपुग्यो । तर, त्यसपछि अर्को १० लाख डोज भने रोकिएको थियो । खोप रोकिएको विषयमा सर्वत्र चासो भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot