Logo

आइतबार ७ सयले बढ्यो सुनको मुल्य



काठमाडौं, २३ जेठ । आज नेपाली बजारमा सुनको मुल्य ७ सयले बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार १ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मुल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्