Logo

हतियारधारीद्वारा बुर्किनाफासोमा १३२ जना गाउँलेको हत्या



काठमाडौं, जेठ २३ । अफ्रिकी मुलुक बुर्किनाफासोको गाउँमा हतियारधारीले आक्रमण गरी १ सय ३२ जनाको हत्या गरेका छन् ।

पछिल्ला वर्षहरुमा बुर्किनाफासोमा हिंसात्मक घटना बढेको सरकारी भनाई छ । बुर्किनाफासोको सोलहानमा रातभर भएको आक्रमणमा स्थानीय पसल तथा घरहरु जलेर नष्ट छन् ।

हालसम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । तर पछिल्लो समय सीमा क्षेत्रमा स्लामिक आक्रमण बढेको छ । संयुक्त राष्ट्र संघीय प्रमुखले घटनाबाट आफू चिन्तित भएको बताउनु भएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले घटनाको कडा शब्दमा निन्दा गर्दै यस्ता हिंस्रक घटना अस्वीकार्य भएको बताउनु भएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्