Logo

सानिमा लाइफको साधारण सभा आज हुँदै



काठमाडौं, २३ जेठ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कोभिड महामारीको जोखिमलाई ध्यानमा कम्पनीको सभा प्रधान कार्यालय कमलादी, काठमाडौंबाट भर्चुअल माध्यमबाट शुरु हुँदैछ ।

सभाले धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्ने र गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने जनाएको छ ।

त्यस्तै, कम्पनीको आजको सभाले प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्