Logo

भाजपाका नेताविरुद्ध राहत सामाग्री चोरीको आरोपमा मुद्दा दायर



एजेन्सी, २३ जेठ । पश्चिम बंगालमा चुनाव सकिएपनि तृणमुल कांग्रेस र भारतीय जनता पार्टीबीचको झगडा अन्त्य भएको छैन् । तृणमुल कांग्रेसले भाजपाका नेता शुभेंदु अधिकारी र उनका भाई विरुद्ध नगरपालिकाबाट राहत सामाग्री चोरीको आरोपमा मुद्दा दायर गरेको भारतीय मिडिया बेवदुनियाले जनाएको छ ।

पश्चिम बंगालको कांथीमा टिएमसीले भाजपा का नेता शुभेंदु अधिकारी र उनका भाईविरुद्ध मुद्दा दायर गरेको हो । शुभेंदु पश्चिम बंगालको विधानसभाका विपक्षी नेता हुन् । अधिकारीले टीएमसीलाई छाडेर भाजपा प्रवेश गरेका थिए । उनले नंदीग्राम सीटबाट मुख्यमन्त्री टीएमसी सुप्रिमो ममता बनर्जीविरुद्ध चुनाव लडेर २०२१ को विधानसभामा विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्