Logo

अभियन्ता राजलवटद्धारा कोरोना संक्रमितलाई लक्षित गुर्जो चिया, काँढा र धुलो औषधी २७ जिल्लाबाट वितरण (भिडिओसहित)



काठमाडौं, २३ जेठ । निःशुल्क गुर्जो वितरण गर्दै आएका अभियन्ता कमलबहादुर राजलवटले कोरोना संक्रमितलाई लक्षित गरेर गुर्जोको चिया, काँढा तथा धुलो औषधी तयार पारेर वितरण गरिरहेका छन् । निषेधाज्ञालाई ध्यानमा राखेर राजलवटले देशका विभिन्न २७ जिल्लाका विभिन्न स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।

त्यसको लागि उनले निश्चित् ठाउँका अभियन्ताहरुमार्फत निःशुल्क गुर्जोको चिया, काँढा तथा धुलो औषधी प्रदान गरेका छन् । राजलवटले चाँडै नै यो सेवालाई देशका ७७ वटै जिल्लामा पुर्याईने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

राजलवटले कहीँ कतै कोरोना संक्रमित तथा रुघोखोकी, ज्वरो र फ्लुबाट प्रभावितहरुले यी औषधीको लागि आफूहरुलाई सम्पर्क गर्न सक्ने भन्दै सम्पर्क ठेगाना र नम्बरसमेत प्रदान गरेका छन् । पछिल्लो समय कोरोना संक्रमितहरुबाट राम्रो प्रतिक्रिया आइरहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्