Logo

राउटे समुदायको युवतीको अश्लिल भिडियो सार्वजनिक गर्नेलाई कारवाहीको माग



सुर्खेत, २३ जेठ । दैलेखको गुराँस गाँउपालिकाले लोपन्मुख राउटे समुदायको युवतीमाथि दुव्यर्वहार गर्नेलाई कडा कारवाहीको माग गरेको छ । गाँउपालिकाले आज एक विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा. ११ मा आँपसोती जनैघाठस्थित भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायको युवतीसँग होटलमा बन्द कोठामा अश्लिल क्रियाक्रलाप गरेको भिडियो सामाजिक संञ्जालमा सार्वजनिक भएको प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष खेमराज ओलीद्धारा जारी विज्ञप्तीमा सोही वडा ९ का चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरामा ल्याई हदसम्मको कारवाही गर्न माग गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्