Logo

नेप्सेले राख्यो हालसम्मकै नयाँ रेकर्ड, ५० अंकले बढ्दा १७ अर्बको कारोबार



काठमाडौं, २३ जेठ । साताको पहिलो दिन आज नेप्से ५० अंकले बढेको छ । आइतबार आज नेप्से ५०.१३ अंकले बढेर २९ सय ६ दशमलव ८९ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७.८८ प्रतिशतले बढेर ५२० दशमलव ९९ विन्दुमा थामिएको छ ।

नेप्से परिसुचक अनुसार आज २१८ कम्पनीको १ लाख ७१ हजार ६० पटक कारोबार भएर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्