Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, २३ जेठ । आज शेयर बजारमा १ लाख ७१ हजार ६० पटक कारोबार भएर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज परिसुचक ५० अंकले बढ्दा महिला लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । ४७५ रुपैयाँको दरले प्रतिकित्ता शेयरमुल्य बढेर ५२ सय २७ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, गुडबिल फाइनन्सको शेयरमुल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिकित्ता ४७ रुपैयाँको दरले शेयरमुल्य बढेर ५२२ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी, आज लुम्बिनी जनरल इन्स्योरेन्स, रिदि हाईड्रोपावर, नेपाल बंगलादेश, मितेरी डेभलपमेन्ट, पोखरा फाइनान्स, मेघा बैंक, निफ्रा र लक्ष्मी बैंकको शेयरमुल्य अत्यधिक बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्