Logo

आज ३४ सय ७९ संक्रमित थप



काठमाडौं, २३ जेठ । आज नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै कुल संक्रमितको संख्या ५ लाख ८८ हजार ५७९ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

१० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परिक्षण गर्दा ४५५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट आज थप ९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्