Logo

दिलिप कुमार अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्या



एजेन्सी, २३ जेठ । बलिउडका भेट्रान कलाकार दिलिप कुमार स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । उनी आइतबार अस्पताल भर्ना भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

९८ वर्षीय दिलिप कुमारकी पत्नी सैरा बानुले हिन्दुजा अस्पताल भर्ना भएको पुष्टि गरेकी छिन् । दिलिप कुमारको स्वास्थ्यलाभको कामना भारतभित्र र बाहिरबाट भइरहेको छ ।

मोहम्मद युसुफ खान दिलिप कुमारको खास नाम हो । उनी बलिउडका उत्कृष्ट कलाकारमध्येका एक हुन् । सन् १९९८ मा फिल्म किल्लापछि उनले अभिनय गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्